१६ कार्तिक २०८३, आईतवार

 

एनआईसी एसिया बैंकमा बम

सप्तरीको राजविराजस्थित एनआईसी एसिया बैंकमा बम भेटिएको छ । मंगलबार बिहान अज्ञात समूहले राखेको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

बम फेला परेको जानकारी पाएलगत्तै घटनास्थल पुगेको नेपाली सेनाको भीमदल गणको टोलीले बम निष्क्रिय पारेको हो ।

बैंक खुलेसँगै कार्यालयको भर्‍याङमा राखिएको बमबारे कर्मचारीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रमुख सेनानी गुप्तबहादुर कुँवरका अनुसार तर्साउनका लागि राखिएको हुन सक्ने बम प्राविधिक टोलीले  सफलतापूर्वक निष्क्रिय पारेका छन् ।

बम राखिएसँगै स्थानीय बासिन्दामा त्रास फैलिएको थियो भने २ घण्टासम्म बजारमा यातायातसमेत प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung