१६ कार्तिक २०८३, आईतवार

 

विमानस्थल प्रकरण : सीसीटीभी फुटेजबाहिरिएपछि आस्थालाई पक्राउ गर्ने तयारी

गायिका आस्था राउतमाथि प्रहरीले छानबिन थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाका लागि खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले लिखित निवेदन दिएपछि प्रहरीले छानबिन थालेको हो ।

विवादको सीसीटीभी फुटेजसहितको निवेदन दिएपछि थप छानबिन थालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता किरण बज्राचार्यले गायिका राउतसँग जोडिएको यो घटनाबारेमा प्रहरी जवान श्रेष्ठसँग सोधपुछ पनि गरिएको बताइन् ।

सोधपुछका क्रममा श्रेष्ठले घटनाको भिडियो फुटेजसहित अन्य विवरण पनि प्रहरी कार्यलयमा पेश गरेकी बज्राचार्यले जानकारी दिइन् ।

उनले यस बिषयमा थप जानकारी लिन गायिका राउतलाई बोलाइने जानकारी दिइन्। यदि उनी नआए चाँडै पक्राउको प्रक्रिया सुरु गरिने बज्राचार्यले जानकारी दिइन्। गायिका आस्था राउत र प्रहरीबीच बुधबारबार त्रिभुवन विमानस्थलमा विवाद भएको बिषयमा समाज दुई तप्कामा बाँडिएको छ ।

तर राउत र प्रहरी जवानबीच भएको भनिएको विवादको सीसीटीभी फुटेज पनि बाहिरिएसँगै घटनाले नयाँ मोड लिएको छ। झापा हुँदै दार्जिलिङ जाने क्रममा बुधबार त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुव्र्यवहार गरेको आरोप गायिका राउतले लगाएकी छन् ।

भिडियाे हेर्नुहाेस्

https://www.facebook.com/HimalayaPostNepal/videos/774443949719940/?v=774443949719940&external_log_id=6cdc6782e2e471aa7c794c6fa3ff2c45&q=%E0%A4%86%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%20%E0%A4%B0%E0%A4%BE%E0%A4%89%E0%A4%A4

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung