४ श्रावण २०८३, सोमबार

 

प्राधिकरणले ५० वटा विद्युतीय सवारीको चार्जिङ स्टेसन राख्ने

विद्युतीय सवारीको चार्जिङ स्टेसन राख्न नेपाल विद्युत प्राधिकरणले ग्लोबल टेन्डर आह्वान गरेको छ। देशका विभिन्न ठाउँमा ५० वटा स्टेसन राखिँदै छन् । एउटा चार्जिङ स्टेसनको लागत एक करोड रूपैयाँसम्म पर्ने अनुमान गरिएको छ।

एसियाली विकास बैंकको दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग सासेकअन्तर्गत विद्युत प्रसारण तथा वितरण सुदृढीकरण कार्यक्रमअन्तर्गत मंगलबर टेन्डर आह्वान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यो स्टेसन मुख्य राजमार्ग, उपत्यकाका सडक, सिनेमा हल, सुपरमार्केट, सरकारी निकाय, विश्वविद्यालय, अस्पताल, पार्क, होटलमा राख्ने योजना छ । जग्गाबाहेकको सम्पूर्ण लागत प्राधिकरणको हुने गरी गत असोज ९ गते सार्वजनिक सूचना जारी गर्दै निवेदन आह्वान गरिएको थियो ।

उपत्यकाभित्र २५ र उपत्यकाबाहिर झापा, विराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरा, नेपालगन्ज र धनगढीलगायत स्थानमा २५ वटा स्टेसन राख्ने प्राधिकरणको योजना छ । हरेक प्रदेशमा कम्तीमा दुईवटा स्टेसन रहनेछन् ।
स्टेसनमा कति मिनेटसम्म वा कति रूपैयाँसम्मको चार्ज गर्ने हो, त्यसैअनुसार शुल्क निर्धारण हुन्छ।

सबै स्टेसनको कन्ट्रोल काठमाडौंबाटै हुने व्यवस्था छ । ६ महिनादेखि एक वर्षभित्र चार्जिङ स्टेसन निर्माण गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung