१६ कार्तिक २०८३, आईतवार

 

वीरेन्द्रनगरमा गोली चल्यो

ट्रिपरले किचेर एक जनाको मृत्यु भएपछि चर्किएको आन्दोलन नियन्त्रणभन्दा बाहिर गएको छ । आन्दोलन नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ ।

कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको ट्रिपरले किच्दा मंगलबार बिहान मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्ररुप लिँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो भने अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताएका छन् । स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा आठ जना घाइते भएको जनाएको छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung