यौन दुर्व्यवहारको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यलय सुनसरीमा बिहीबार अबेर परेको किटानी जाहेरीपछि उनलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो । हिजो नै पक्राउ गर्ने बताइएपनि उनलाई आज मात्रै धरानमा रहेको सङ्घीय प्रहरी इकाइ कार्यालयको एसएसपी निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेल र इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले नेतृत्वको टोलीले एसएसपी राणालाई पक्राउ गरेको हो ।



















































































































































































































