आइएमई लाइफ इन्स्योरेन्सले सेते चर्मकारकी श्रीमती गीता किसानलाई मृत्यु दाबी भुक्तानीबापतको बिमा रकम ५ लाख १५ हजार प्रदान गरेको छ । म्याग्दीकाे बेनी–१ रत्नेचौरनिवासी चर्मकारको मृत्युपछि सोमबार आइएमई लाइफका धौलागिरि एरिया मेनेजर शिवप्रसाद शर्मा र बागलुङ शाखा प्रमुख इन्द्रा शर्माले रकम हस्तान्तरण गरेका हुन् ।

सेते चर्मकारले आइएमई इन्स्योरेन्सबाट जीवन बिमा गरेका थिए । कार्यक्रममा एरिया मेनेजर शर्मा, बागलुङ शाखा प्रमुख शर्मा, कावा वडाध्यक्ष टेकबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।













































































































































































































