१६ कार्तिक २०८३, आईतवार

 

रोकिएन ट्रिपर आतंक, कलंकी अन्डरपासमा दुईको मृत्यु

पछिल्लो समय ट्रिपरको ठक्करबाट दिनानुदिन मानिसले ज्यान गुमाइरहेका छन् । केहीदिनपहिले सुर्खेत र विरेन्द्रनगरमा पनि ट्रिपरको ठक्करबाट एक महिलासहित एक पुरुषको ज्यान गएको थियो । गतराति काठमाडौंको कलंकी अन्डरपासमा पनि ट्रिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

गएराति पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

मृत्यु हुनेमा दुवै रौतहट निवासी हुन् । ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिएको थियो ।

ट्रिपर भने ठक्कर दिएपछि फरार भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रौतहटका राकेशकुमार चौधरी र मुन्ना चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगम कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung