फाइल तस्बिर
बागलुङको तमानखोलामा बिहिवार साँझ भएको ट्याक्टर दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला वडा नम्बर ३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रिता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त ट्याक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिकाको – १ बोगांदोभानमा दुलही लिन जन्ती लिएर गएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । दुर्घटनामा चार जना गम्भिर घाइते भएका छन् । म्याग्दी मालिका २ का ४८ वर्षीय मनप्रसाद पुन, २९ वर्षीयका चालक रमेश घर्ती, ४२ वर्षीय खगेन्द्र पुन र ४३ वर्षीया गौमाया पुनको अवस्था गम्भिर रहेको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ ।
ट्याक्टरमा २०/२५ जना सवार रहेको अनुमान गरिएको र अहिले घटनास्थलमा खोजी र उद्धार कार्य जारी रहेको प्रहरी प्रमुख भट्टकाे भनाइ छ । ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ ।



















































































































































































































