१६ कार्तिक २०८३, आईतवार

 

चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट पोखरामा एक बालिकाको मृत्यु भएको छ । पोखरा ३२ कोठेगाउँकी ९ वर्षीया पूजा विकको मृत्यु भएको हो । बिहीबार साँझ छिमेकीको घरमा खेलेर फर्किँदा बाटोमै बालिकामाथि आक्रमण भएको थियो ।

राति अबेरसम्म बालिका घर नफर्किएपछि खोजतलास गर्ने क्रममा गाउँनजिकै जंगलमा उनको शव भेटिएको थियो । पछिल्लो समय कास्की र तनहुँ क्षेत्रमा चितुवाको आक्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ।

चितुवा आक्रमणपछि स्थानीयहरुमा त्रास फैलिएको छ।

केही समयअघि शुक्लागण्डकीमा मान्छे खाएको चितुवाले नै अहिले पनि आक्रमण गरेको अनुमान गरिएको छ । बस्तीसम्म जंगल विस्तार भएपछि चितुवाको पहुँच गाउँघरमा बढेको विज्ञहरु बताउँछन् । आहाराको खोजीमा उनीहरु सहर छिरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung