४ जेष्ठ २०८१, शुक्रबार

 

सुनको मूल्य बढ्यो

दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३ सय तोकेको छ । बुधबार र बिहीबार छापावाला सुन प्रतितोला ७५ हजार २ सय र तेजाबी सुन प्रतितोला ७४ हजार ९ सयमा खरिद बिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला १० ले बढेर ८८५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्