भारतले महाकाली नदीमा लगाएको काठेपुल नेपाली प्रहरीले हटाएका छन् ।
केही साताअघि व्यास गाउँपालिका(१ को माल्पादेखि दोपखेसम्मको क्षेत्रमा भारतीय पक्षले काठेपुल हालेको थियो ।
आइतबार दुम्लिङमा रहेका प्रहरीले काठेपुल निकालेर महाकाली नदीमा फालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भारतले तिब्बत सीमा जोड्ने सडक निर्माण गर्नुका साथै सीमा नदी महाकालीमा हालेको थियो।
व्यास–१ पेल्सितीमा लगाइएको र माल्पानजिक महाकाली तर्न बनाइएको काठका डन्डी प्रहरीले फालेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।



















































































































































































































