४ जेष्ठ २०८१, शुक्रबार

 

बिहीबार पनि सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको भाउले बिहीबार नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ ।

सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।

चीनमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनको भाउ लगातार बढेको छ । यो भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

कोरोना भाइरसका कारण अन्य लगानीका बजारमा नकारात्मक असर परेकाले सुनमा लगानी बढ्दा भाउ बढेको हो । यस्तै बिहीबार चाँदी पनि तोलामा ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्