पूर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने रौतहटको चन्द्रनिगाहपुरस्थित लमहा जंगलमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।
घाइते हुने ४ जना नेपाल प्रहीका असई समेत छन्। बाराको पथलैयामा नेपाल प्रहरीका संगठन प्रमुख आइजिपी ठाकुर प्रसाद ज्ञावालीको ब्रिफिङ् कार्यक्रममा सहभागी हुनको लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट पथलैयातर्फ जादै गरेको अवस्थामा नेपाल प्रहरीको ना १ झ १३३१ नम्बरको भ्यानलाई बिपरित दिशाबाट आउदै गरेको ना ६ ख ८६२५ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
आइतबार बिहान ६ बजे आइजिपी ज्ञावालीको ब्रिफिङको लागि सीमा प्रहरी चौकी मठियामा कार्यरत असइ गोबिन्द यादव, गौर बसपार्कमा कार्यरत असई मनोज सिह, औरैयामा कार्यरत असई बिश्वनाथ प्रसाद यादव, बेलबिछवामा कार्यरत असई हृदय प्रसाद यादव र भ्यान चालक जवान सरोज यादव घाइते भएका छन् ।
घाइते मध्ये असई गोबिन्द र मनोजको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घाइतेहरुको उपचार चन्दनिगाहपुर अस्पतालमा भइरहेको र भ्यानलाइ ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणम रहेको प्रहरीले जनाएको छ ।



















































































































































































































