१६ कार्तिक २०८३, आईतवार

 

गाडीको ठक्करले मृत्युपछि राजमार्ग अवरुद्ध

सिन्धुलीको गोलञ्जोर गाउँपालिका –७ तल्लो बारामा सोमबार गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  स्थानीय ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई ठक्कर दिएर गाडी फरार भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहान ५ बजे गाडीले ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको थियो ।

ठक्कर दिने गाडीको पहिचान नभएपछि स्थानीयले सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायक उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung