४ श्रावण २०८३, सोमबार

 

‘विद्युतीय सवारीमा सहुलियत मात्रै, भन्सार पुरै छुट होइन्’- अर्थमन्त्रालय

अर्थ मन्त्रालयले विद्युतीय सवारीमा भन्सार पुरै छुट दिन नसक्ने बताएको छ। मन्त्रालयले अहिले विद्युतीय सवारीमा सहुलियत भएको भन्दै भन्सार पुरै छुट नहुने स्पस्ट पारेको हो ।

मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले अरु सवारीको तुलनामा विद्युतीय सवारीमा थोरै मात्रै कर लगाएको बताए । ‘ठूला विद्युतीय बसमा १ प्रतिशत र गाडीमा १० प्रतिशत मात्रै भन्सार लाग्ने गरेको छ,’ सचिव ढुंगानाले भने, ‘यो नै अधिकतम छुट हो । अहिलेको अवस्थामा यही प्रयाप्त छ ।’

मन्त्रिपरिषदले ‘काठमाडौं उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६’ स्वीकृत गर्दै विद्युतीय गाडी खरिदमा प्रोत्साहन गर्ने उल्लेख गरेको छ ।

उक्त कार्ययोजना वन तथा वातावरण मन्त्रालयले पुस १३ गते मन्त्रिपरिषदमा पेश गरेको थियो भने मन्त्रिपरिषदले माघ ३ गते परिमार्जनसहित पास गरेको हो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung