जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली लगायतका कुनै पनि कार्यक्रम नगर्न सर्वसाधरण तथा आम नागरिकलाई आग्रह गरेको छ। कार्यालयले शुक्रबार विज्ञप्ति निकालेर कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिरहेको जानकारी गराउदै होली नखेल्न आग्रह गरेको हो ।
कोरोनाभाइरस (कोभिड–१९) बाट नेपाल पनि जोखिममा रहेकाले सचेतना अपनाउन भीडभाड हुने पर्व तथा कार्यक्रमहरु नगर्न आग्रह गरिएको छ । ‘अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व ( होली लगायत) कार्यक्रमहरुको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन सबैमा अनुरोध गरिन्छ ।‘, प्रशासकीय अधिकृत मानबहादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।
तस्बीर : फाइलबाट ।



















































































































































































































