४ श्रावण २०८३, सोमबार

 

भक्सवैगनकाे ‘टिगुआन अलस्पेस’ भारतीय बजारमा लञ्च, नेपाली बजारमा छिट्टै

जर्मनीको अटोमोबाइल कम्पनी भक्सवैगनले भारतमा नयाँ एसयूवी ‘टिगुआन अलस्पेस’ भारतीय बजारमा लञ्च गरेको छ । भारतमा लञ्च भएकाे उक्त कार छिट्टै नेपाली बजारमा पनि लञ्च हुने भएकाे छ ।

भक्क्सवैगनले आफ्नो यस ७ सीटर कार एसयूवी टिगुआन भन्दा एक स्तरमाथि दर्जामा राखेको छ । कम्पनीले अहिले टिगुआन अलस्पेस ‘टीएसआई’ बजारमा ल्याएकाे छ । कम्पनीले यसको मुल्य भारतीय बजारमा भारु ३३ लाख १२ हजार पर्ने जनाएको छ ।

भारतीय बजारमा यतिवेला उक्त कारले भारतीय  होंडा सीआरवी, टोयोटा फाँर्च्यूनर, फोर्ड एंडेवर र महिद्रा अल्तुरस फोरजीलगायतका कारसँग बजार प्रतिस्पर्धासँग  हुने भएको छ । यसको  आवरण (लुक्स) भक्सवैगन टिगुआन अलेस्पेस यसअ घिको मोडल टिगुअन जस्तो देखिन्छ ।

पहिलाे माेडल  टिगुआन भन्दा केही साइज ठुलो र आवरण पनि केही परिवर्तित रुप देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung