२९ बैशाख २०८१, शनिबार

 

सुनको भाउ घट्यो, तोलाको कति ?

बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर ८१ हजार ५ सय रुपैयाँमा झरेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला ८२ हजार ३ सय रुपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य पनि ८ सय रुपैयाँले घटेर ८१ हजार २ मा रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अघिल्लो दिन तेजावी सुनको भाउ प्रतितोला ८२ हजार रुपैयाँ थियो । यता, बिहीबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला ८ सय ८० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्