१६ कार्तिक २०८३, आईतवार

 

ट्रिपरको ठक्करबाट आमाछोरीको मृत्यु, गोली चल्दा पाँच घाइते

काभ्रेको पनौतीमा ट्रिपरको ठक्कबाट आमा र छोरीको ज्यान गएको छ । बा ५ ख ५४८० नम्बरको ट्रिपरले ठक्कर दिँदा सोमबार खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उनकी तीन वर्षीया छोरी स्मारिकाको ज्यान गएको थियो ।

आमा र छोरीको ज्यानगएपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपकाबीच गोली चल्दा नेपाल प्रहरीका दिलिप बुढाथोकीको देब्रे हातको पातोमा गोली लागेको छ । स्थानीय हर्कबहादुर लामा र शरदलाई गोलीको छर्रा लागेको छ ।

झडपमा घाइते भएका दुई जना प्रहरी र तीन जना स्थानीयको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गोली कसले चलायो अझै पत्ता लाग्न सकेको छैन ।

आक्रोशित भिडले प्रहरी बिट जलाएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । ठक्कर दिने टिप्परका चालक रोशी गाउँपालिका ६ का नवराज थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung