२९ बैशाख २०८१, शनिबार

 

सुनको मूल्य दुई हजारले घट्यो

निरन्तर उकालो लागेको सुनको मूल्यमा गिरावट आउन थालेको छ । मंगलबार सुन तोलामा २ हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य ७५ हजार २ सय कायम गरिएको छ । सोमबार सुन तोलाको ७७ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ८० रुपैयाँले घटेर तोलाको ७१० पुगेको छ । सोमबार चाँदी तोलाको ७ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्