नेपाली सेनाले बजारमा स्यानिटाइजर र मास्क अभाव भइरहेका बेला आफै बनाएर अभाव टार्ने भएको छ ।हात सफा गर्ने स्यानिटाइजर लाई ‘स्वयम्भूनाथ’ नाम दिएको छ ।विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न प्रयोग गरिने स्यानिटाइजर ‘स्वयम्भूनाथ’ आफैंले उत्पादन गरेको नेपाली सेनाले जनाएको छ ।
सेनाभित्रकै स्यानिटाइजर प्रयोगमा ल्याएपछि बजारको भर पर्न नपर्ने सेनाको दाबी छ । विपद्को बेला सेनाले प्रयोग गर्ने मास्क पनि उत्पादन गरिरहेको छ । सेनाभित्र प्रयोगका लागि स्यानिटाइजर र मास्क अभाव हुन नदिने सेनाले जनाएको छ । नेपाली सेनाकाे संख्या करिब ६० हजार छ ।



















































































































































































































