४ श्रावण २०८३, सोमबार

 

शिवशक्ति अटोमोबाइलले ल्यायो बजाजको पल्सर १२५ नियोन

बजाज मोटरको नयाँ मोडेल पल्सर १२५ नियोन बाइक बिहीबार बागलुङ बजारमा सार्वजनिक गरिएको छ । कम्पनीको अधिकृत बिक्रेता शिवशक्ति अटोमोबाइलले उक्त मोटरसाइकल सार्वजनिक गर्दै बिहीबारदेखि नै कारोबार सुरु गरेको हो । पल्सर १२५ नियोन बाइक पल्सर १५० नियोनजस्तो देखिन्छ । यसमा आर्डिनेटेड पल्सर लोगो, ग्र्याब रेल, रियर काउलमा ३ डी लोगो र ब्ल्याक अलोय ह्विलमा  नियोन कलरको सानो लाइन रहेको शिवशक्ति अटोमोबाइलका सञ्चालक शिवशंकर शाहले जानकारी दिए ।

स्पोर्टियर ग्राफिक्स र स्प्लिट अलोय ह्विल्सले सो मोटरसाइकललाई स्टाइलिस बनाएको छ । बजाज पल्सर १२५ नियोनमा १२४.४ सीसी, डीटीएस–आई इन्जिन जडान गरिएको छ । जसले ८५०० आरपीएममा ११.८ बीएचपीको पावर र ६५०० आरपीएममा ११ एनएमको टर्क जेनेरेट गर्छ । पल्सर १२५ मा ११.५ लिटर क्षमता भएको फ्युल ट्यांकी रहेको शाहले जानकारी दिए ।

यो बाइकमा डिस्क र ड्रम ब्रेक भेरिएन्ट उपलब्ध रहेको छ । पल्सर १२५ नियोनमा ड्रम भेरिएन्टमा फ्रन्टमा १७० एमएम र रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । डिस्क भेरिएन्टमा फ्रन्टमा २४० एमएम डिस्क ब्रेक लगाइएको छ ।

बजाजले नयाँ पल्सर १२५ तीन रङ नियोन ब्लु, सोलर रेड र प्लेटिनम सिल्भरमा सार्वजनिक गरेको छ । १२५ सीसीको भए पनि बाइकको पावर बढी रहेको शाहले बताए । यसको माइलेज प्रतिलिटर ५५ किलोमिटर रहेको छ । बजाज पल्सर १२५ को मूल्य २ लाख २४ हजार ९ सय रहेको शाहले बताए । कम्पनीको अफर अनुसार १० हजार डिस्काउन्ट हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung