४ श्रावण २०८३, सोमबार

 

बैंकको किस्ता स्थगित गर्न यातायात व्यवसायीको माग

यातायात व्यवसायीहरुले गाडी संचालन नहुन्जेलसम्म बैंक किस्ता स्थगन गरिदिन सरकारसँग आग्रह गरेका छन्।सरकारलाई यातायात व्यवसायीहरुले लकडाउनको कारण गाडी संचालन नभएकोले बैंकको किस्ता स्थगन  गरदिन माग गरेको हो ।

यातायात व्यवसायीका महासचिव सरोज सिटौलाले सरकारसँग सो माग राखेको जानकारी दिए । व्यवसायीहरुले आईतबार अर्थ सचिव शिशिरकुमार ढुंगानासँग बैंकको किस्ता स्थगन गरिदिन आग्रह गरेका थिए ।

कारोनाको कारण सार्वजनिक यातायातको क्षेत्र अति प्रभावित भएको छ ।व्यवसायीहरुले सार्वजनिक सवारीसाधन खरीद गर्दा बैक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता बुझाउन नसक्ने अवस्था सृजना हुन लागेको छ ।

सेवा संचालनमा आएपछि मात्रै बैंकको किस्ता तिर्ने व्यवस्था गरिदिन व्यवसायीहरुले आग्रह गरेका छन ।सरकारले कोरोनाको कारण चैत्र ११ गतेदेखि लकडाउन गरेर सार्वजनिक यातायात संचालनमा समेत रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung