१ जेष्ठ २०८२, बिहीबार

 

बेलायतमा सुरु भयो कोरोनाको खोप परीक्षण

बेलायतमा पहिलो पटक कोरोना भाइरसको खोपको परीक्षण भएको छ । यो खोप तीन महिनाभित्र अक्सफोर्ड विश्वविद्यालयको टोलीले तयार पारेको हो । अक्सफोर्डमा मानिसमा कोरोना भाइरस खोपको पहिलो परीक्षण सुरु गरिएको छ ।

एलिसा ग्रानाटो यो खोप लिने पहिलो दुई जनामध्ये एक हुन् । अध्ययनका लागि चयन गरिएका ८ सयभन्दा बढी स्वयम् सेवकमध्ये दुई जनाबाट त्यसको सुरुवात गरिएको हो।

आधाजसोले कोभिड(१९ को खोप प्राप्त गर्नेछन् भने आधाले मेनिन्जाइटिसको खोप प्राप्त गर्नेछन्। ती स्वयम्‌सेवकले आफूले कुन खोप पाएको भन्ने थाहा पाउनेछैनन् । एलिसा ग्रानाटोले बीबीसीलाई भनिन्, म वैज्ञानिक हुँ ।

त्यसैले यस वैज्ञानिक प्रक्रियालाई जति सम्भव हुन्छ त्यति सघाउन चाहन्छु।” जेनर इन्स्टिच्युटमा खोपविज्ञानकी प्राध्यापक सारा गिल्बर्टले प्रि(क्लिनिकल अध्ययनहरूको नेतृत्व गरेकी छन् ।

उनले भनिन्, “व्यक्तिगत रूपमा यस खोपप्रति मलाई उच्च विश्वास छ।निश्चय नै हामीले यसलाई मानिसहरूमा जाँच गरेर त्यसको विवरण लिनुपर्छ।

यसले साँच्चिकै काम गर्छ र मानिसहरूलाई कोरोना भाइरसबाट सङ्क्रमित हुनबाट रोक्छ भन्ने कुरा ठूलो जनसङ्ख्यामा लैजानुअगाडि नै तय गर्न सक्नुपर्छ। प्राध्यापक गिलबर्टले यसअघि खोपले काम गर्नेबारे आफू ८० प्रतिशत विश्वस्त भएको बताएकी थिइन् ।

यो खोप चिम्पान्जीबाट रूघाखोकी निम्त्याउने एड्नो भाइरसको एउटा कमजोर संस्करणबाट तयार पारिएको हो । त्यसलाई परिष्कृत पारेर मानव शरीरमा हुर्कन नमिल्ने गराइएको छ । अक्सफोर्डको यस टोलीले मर्स भनिने भिन्नखाले कोरोना भाइरसको खोप विकास गरिसकेको छ ।
वास्तविक सङ्क्रमितमा गरिएको प्रयोगमै त्यसले विश्वसनीय नतिजाहरू देखाएको थियो । खोपका अध्येताहरूले यसको परीक्षणमा सहभागी हुन स्थानीय स्वास्थ्यकर्मीहरूलाई प्राथमिकतामा राखेको बताएका छन् । उनीहरू भाइरसको बढ्ता जोखिममा रहने अनुमानका आधारमा त्यसो गरिएको बताइएको छ ।

आउँदा महिनामा झन्डै ५ हजार स्वयम्‌सेवक सहभागी हुने गरी अझ विस्तृत स्तरको परीक्षण हुनेछ र त्यसमा कुनै उमेर समूहको सीमा राखिनेछैन ।अक्सफोर्डको यस टोलीले मर्स भनिने भिन्नखाले कोरोना भाइरसको खोप विकास गरिसकेको छ।

वास्तविक सङ्क्रमितमा गरिएको प्रयोगमै त्यसले विश्वसनीय नतिजा देखाएको थियो।खोपका अध्ययनकर्ताहरूले यसको परीक्षणमा सहभागी हुनका लागि स्थानीय स्वास्थ्यकर्मीहरूलाई प्राथमिकतामा राखेको बताएका छन्। ज्येष्ठ नागरिकहरूमा खोपले जनाउने प्रतिक्रियाका लागि कमजोर प्रतिरक्षा प्रणाली हुनेगर्छ ।

त्यसैले अध्ययनकर्ताहरूले दुईखाले डोजका खोप तयार पार्नुपर्ने अवस्थाबारे विश्लेषण गरिरहेका छन् ।अक्सफोर्डको टोलीले खोपको परीक्षण अफ्रिकामा र सम्भवतस् त्यहाँको एउटा देश केन्यामा गर्नेबारे सोचिरहेका छन् जहाँ भर्खर सङ्क्रमण बढ्ने क्रममा पाइएको छ।

ती वैज्ञानिकहरूले सेप्टेम्बर महिनासम्म दश लाखले लिन सक्ने गरी खोप तयार पार्ने अपेक्षा गरेका छन्।यसको प्रभावकारिता हेरेर त्यसको उत्पादनलाई निकै द्रुत गतिमा बढाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung