बागलुङ समाज कल्याण केन्द्र, काठमाडौंकी उपाध्यक्ष तथा समाजसेवी रसुमिला श्रेष्ठले लकडाउनले समस्यामा परेका मानव सेवा आश्रमका आश्रितहरूलाई खाद्यान्न सहयोग गरेकी छन् ।
उनले मानव सेवा आश्रम भक्तपुरका तीन सय जनालाई खाद्यान्न उपलब्ध गराएकी हुन । ‘हाम्रो परिवारले लकडाउनले भोकै भएका असहायहरूलाई सहयोग पुगोस् भनेर खाद्यान्न उपलब्ध गराएको हो,’ श्रेष्ठले भनिन् ।
यसअघि उनले लकडाउनले समस्यामा परेका काठमाडौंका फोटो पत्रकारलाई बिस बोरा चामल र मानव सेवा आश्रम बागलुङलाई बिस हजारको खाद्यान्न सहयोग गरेकी थिइन् ।
समाजसेवी रसुमिला र भरतकुमार श्रेष्ठको परिवारले बागलुङ समाज कल्याण केन्द्र, काठमाडौं र रोटरी क्लब अफ त्रिपुरेश्वरमार्फत समाजसेवाका काम गर्दै आएका छन् ।
श्रेष्ठ परिवारले शैक्षिक,जनस्वास्थ्य ,सामाजिक र धार्मिक क्षेत्रहरुमा सहयोग गर्दै आएका छन । देशमा दैवी प्रकोप र समाजमा समस्या पर्दा श्रेष्ठ परिवारले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।



















































































































































































































