३ श्रावण २०८३, आईतवार

 

कोरोना बिमामा ५० प्रतिशत छुट

अब कोरोना बिमा गर्दा ५० प्रतिशत छुट हुने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गर्दै निर्जीवन बीमा कम्पनीहरूले गर्दै आएका कोरोना बिमाबापतको शुल्कमा ५० प्रतिशत बिमितबाट र ५० प्रतिशत सरकारका तर्फबाट बेहोर्ने बताएका हुन् ।

हाल कोरोना बिमा समितिले बिमा शुल्क १ लाख रुपैयाँको प्रतिव्यक्ति १ हजार र परिवार तथा संस्थागत रूपमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तोकेको छ ।

५० हजार रुपैयाँसम्मको कोरोना बिमा गर्दा प्रतिव्यक्ति ५ सय रुपैयाँ र संस्थागत वा परिवारबाट गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung