नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको छ । ६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थिईन् ।
बाग्लुङको तमानखोला गाउँपालिका वडा नं, ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङकी बासिन्दा हुन् । छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थिईन् । उनी २०७० सालको संविधानसभामा प्रत्यक्ष निर्वाचन जितेर सभासद भएकी थिईन् । उनको बुधबार दिउँसो पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापतिले जानकारी गराएका छन् ।



















































































































































































































