
लगातारको वर्षासँगै पहिरो जाँदा गएराति म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा २२ जना वेपत्ता भएका छन् ।पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकाको मराङमा १२ जना सम्पर्क विहीन रहेकाका छन् ।धौलागिरी गाउँपालिका–७, ताकममा २ जना पहिरोमा बेपत्ता भएका छन् ।
त्यस्तै मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । मराङका १० जनाको मृत्यु भएको स्थानीयबासीले खबर गरेपछि प्रहरी घटना स्थलमा पुग्दै छन् ।
पहिरोले आधा दर्जन घर वगाएको छ ।त्यस्तै दुखु खोलाले एक जना महिला बगाएर बेपत्ता भएकी छन । खोला तर्ने क्रम मालिका गाउँपालिका वडा ६ दुखुकी करिव ३८ वर्षिय महिलालाई खोलाले बगाएर बेपत्ता भएको मालिका गाउँपालिका प्रमुख श्रीप्रसाल रोकाले जानकारी दिनु भएको छ ।
मालिका गाउँपालिका ५ देबिस्थानमा ७ घर जोखिममा रहेका छन भने बिममा पनि ८ जना बेपता भएको भन्ने खवर छ, मोबाईल सम्पर्क भएको छ तर घटनास्थल जानेलाई निकै कठिन रहेको प्रमुख रोकाले जानकारी दिएका छन ।