लकडाउनसँगै अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खपत घटेको भएपनि नेपालमा भने नेपाल आयाल निगमले १० दिनमा दुईपटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको छ ।
अन्तराष्ट्रिय बजारमा तेलको मूुल्य बढेको बताउदै नेपाल आयाल निगमले मूल्यवृद्धि गरेपछि नेपाल विद्यार्थी संघले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आईतबार निगम घेराउ गरेको छ ।
अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा नेविसंघले मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय अगाडि बबरमहल सडकमा प्रदर्शन गरेको छ । ‘सरकारमा बसेर जनता मार्न पाइँदैन, मूल्यवृद्धि खारेज गर, भ्रष्ट सरकार कहाँ छ नेविसंघ यहाँ छ, नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै टाउकोमा कालोपट्टी बाँधेर नेविसंघले प्रर्दशन गरेको हो । महामन्त्री दीपक भट्टराईले कोरोना संकटका बेला निगमले मुल्य बढाएकाले नेविसंघ प्रर्दशनमा उत्रिएको हो ।
निगमले असारमा दुईपटक पेट्रोलियम पदार्थको मुल्य बृद्धी गरिसकेको छ । काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पुगेको छ ।
नेविसंघ महामन्त्री मनोज वैद्यले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन यसअघि नै ज्ञापन पत्र बुझाए पनि आयल निगमले वेवास्ता गरेकोले प्रदर्शन गर्नुपरेको हो। ‘शुल्क वृद्धि फिर्ता लिन हामी बाध्य बनाउँछौ। फिर्ता नलिएसम्म आन्दोलन जारी रहन्छ,’ उनले पत्रकारहरूसँग भने। नेविसंघ अध्यक्ष राजिव ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता बचाउन लागेको तर जनताको समस्या नबुझेको बताए।



















































































































































































































