१६ कार्तिक २०८३, आईतवार

 

लायन्स क्लब्सको जोन मिटिङको अवसरमा पहिरो पीडितलाई बिस हजार सहयोग

लायन्स क्लब्स इन्टरनेसनल अन्तर्गत डिष्ट्रिक ३२५ वि १ नेपालको रिजन ६५,जोन १३१ र १३२ को प्रि जोन बैठकको अवसर पारी पहिरो पीडितलाई राहत वितरण गरिएको छ ।

उक्त रकम बागलुङमा क्रियाशिल ८ वटा लायन्स क्लवहरुको सक्रियतामा जम्मा गरिएको थियो ।उक्त रकम लायन्स क्लल्स इन्टरनेसनल डिष्ट्रिक ३२५ वि १ नेपालका चिफ कन्सुलर एवम कार्यक्रमका प्रमुृख अतिथि एम जे एफ लायन काजिमान गुरुङले काठेखोला गाउँपालिका वडा नं ४ तंग्रामका वडा अध्यक्ष तथा लायन्स क्लब्स इन्टरनेसनल डिष्टिक ३२५ वि १ नेपालका डिष्ट्रिक चियर पर्सन लायन केशव थापा र तंग्राम बाढि पीडित समितिका संयोजक श्याम थापालाई विस हजार पाँच सय रुपैया हस्तान्तरण गरेका थिए ।

उक्त जोन बैठकमा बागलुङमा क्रियासिल क्लबहरु लायन्स क्लब अफ धौलागिरिका अध्यक्ष लायन जयराम भारी, लायन्स क्लब अफ बागलुङ कालिकाका अध्यक्ष लायन दिनेश जिसी, लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष लायन लक्ष्मी धर्ती श्रेष्ठ, लायन्स क्लब अफ बागलुङका अध्यक्ष लायन केशव प्रसाद सापकोटा, लायन्स क्लब अफ बागलुङ गलकोट सिटीका अध्यक्ष लायन पूर्ण बहादुर काउचा घर्ती ,

लायन्स क्लव अफ बागलुङ कालिगण्डकीका अध्यक्ष लायन श्याम प्रसाद शर्मा, लायन्स क्लब अफ बागलुङ पंचकोटका अध्यक्ष लायन हरि प्रसाद शर्मा, लायन्स क्लब अफ बागलुङ पिस टाउनका अध्यक्ष लायन राम माया घिमिरे रमा र हालै स्थापना भएको नयाँ क्लब लायन्स क्लब अफ बागलुङ जैमिनीका अध्यक्ष लायन रवि प्रसाद पौडेलले लायन वर्ष २०२० र २०२१ का लागि गरिने सामाजिक कार्यहरुको वार्षिक योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ वि १ नेपालका रिजन ६५ का रिजन चियर पर्सन एम जे एफ लायन पार्वती अधिकारी, डिष्ट्रिक एडिस्नल क्याबिनेट सेक्रेटरीे एम जे एफ लायन अनुप रिजाल, डिष्ट्रिक सिनियर ए ओ जि पि एम जे एफ लायन दुर्गा बहादुर कुँवर, डिष्ट्रिक सिनियर ए ओ जि एम जे एफ लायन भरत शर्मा, डिष्ट्रिकको चिफ एडभाइजर एम जे एफ लायन चन्द्र कुमार केसीलेृ मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एम जे एफ लायन काजिमान गुरुङले लायन्स क्लब्स अन्तराष्टिय दुखको घडिमा स्थापना गरिएको क्लब हो र हामी लायन्सहरुले दैवी प्रकोप पर्दा र समस्यामा परेका नागरिकहरुको हितको लागि अग्रपक्तिमा रहि सामाजिक सेवामा एक जुट भएर लाग्नु पर्ने विचार व्यक्त गर्नु भएको थियो । लायन्स शब्द आफैमा पनि स्थापित भएको. छ ।

लायन्सको कार्यक्षेत्रहरु सर्भिस, लिडरसिप र फेलोसिप हुन ।त्यसैले यसैमा केन्द्रीत रहि सबै लायन्स क्लब्सहरु अगाडि बढनु पर्ने विचार व्यक्त गर्नु भयो । कार्यक्रम जोन चियर पर्सन लायन प्रकाश चालिसेका अध्यक्षतामा र संचालन जोन चियर पर्सन लायन गोविन्द बहादुर पौडेल क्षेत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung