विभिन्न माग राख्दै अनशनरत इनफ इज इनफ अभियानका ईः अस्पताल भर्ना भएका छन् । पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, आरडीटी परीक्षण बन्द गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गरिनुपर्नेलगायत माग राख्दै वसन्तपुरमा १७ दिनयता अनशनरत उनको स्वास्थ्यमा
समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनको मुटुको चाल र रगतमा चिनीको मात्रा कम देखिएको बताइएको थियो ।
यसअघि पनि उनी पाटनमा अनशन बसेका भए पनि स्वास्थ्य मन्त्रालयले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनशन तोडेका थिए । तर माग पूरा नभएपछि फेरि अनशन बसेका हुन् । अनशनमा विभिन्न राजनीतिक दलका नेताहरूले ऐक्यबद्धता जनाएका छन् ।



















































































































































































































