१ जेष्ठ २०८२, बिहीबार

 

जगदम्बाले भोलि अपाचे सिरिजको नयाँ बाइक सार्वजनिक गर्ने

टीभीएस बाइकको नेपालका लागि अधिकृत बिक्रेता जगदम्बा मोटर्सले मंगलबार अपाचे आरटीआर सिरिजको नयाँ मोटरसाइकल ‘१६० फोर भी सिंगल डिस्क’ सार्वजनिक गर्ने भएको छ।

१६० सीसीअन्तर्गतका सिरिजमा हालसम्म बजारमा ल्याइएका बाइकमध्ये यो मोडल उत्कृष्ट पावर र पिकअप क्षमताको रहेको कम्पनीले जनाएको छ।

प्रविधि विकाससँगै पछिल्लो समय बाइकको क्षमताप्रति ग्राहकको मागलाई ध्यानमा राखी कम्पनीले फोर भी सिंगल डिस्क सार्वजनिक गर्न लागेको जगदम्बा मोटर्सका बिक्री महाप्रबन्धक दीपक रौनियारले बताए। उनका अनुसार सार्वजनिक गर्न लागिएको बाइकको नेपाली बजार मूल्य २ लाख ७२ हजार ९ सय रुपैयाँ छ।

‘आरटीआर १४० फोर भी सिंगल डिस्कमार्फत ग्राहकले नयाँ अनुभव लिन सक्नुहुनेछ। प्रयोगात्मक रूपमा बाइक चलाउँदा ग्राहकले सहजै यसको पिकअप र पावर क्षमताको अनुभव लिन सक्नुहुनेछ,’ उनले भने।

फ्रन्ट सस्पेन्सन र मोनोसक रियर सस्पेन्सन रहेको यो बाइकमा अधिकतम क्षमता आठ हजार आरपीएम रिभकोलुसन पर मिनेट र अधिकतम टर्क क्षमता ६५ सय आरपीएम रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बाइकमा १२ भोल्टको अटोमेटिक हेडलाइट अन, अलटाइम अनसहितको ३५ वाटको एचएस–१ बल्ब, फ्युल डेलिभरी कारबुरेटर, चारवटा भल्भसहितको सिलिन्डरलगायत उपकरण जडान गरिएको छ।

१६० सीसीको बाइकमा एयर असिस्टसहितको आयल कुलर, सेल्फ स्टार्ट, फ्रन्ट डिस्क ब्रेकर, रियर ड्रम ब्रेकलगायत सुविधा जडान गरिएको छ।

१२ लिटर इन्धन क्षमता रहेको बाइकको रिजर्भ ट्यांकमा २.५ लिटरको इन्धन क्षमता छ भने प्रतिलिटर ३० किलोमिटर माइलेज क्षमता रहेको कम्पनीले जनाएको छ । कुल १४३ किलोग्राम वजनको यो बाइकको दुवैतिर ट्युबलेस टायर छ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung