१६ कार्तिक २०८३, आईतवार

 

राजभण्डारीको स्मृतिमा मानवसेवा आश्रमलाई खाद्यान्न

बागलुङका समाजसेवी निर्देश राजभण्डारीको स्मृतिमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको छ । बागलुङ नगरपालिका–३ निवासी राजभण्डारी परिवारका तर्फबाट आश्रमलाई ७ हजार रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराइएको हो ।

राजभण्डारी बागलुङ नगरपालिकाका पूर्वउपमेयर पद्मचन्द्र राजभण्डारीका जेठा छोरा हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा परिवारजनका तर्फबाट भाइ राजेशचन्द्र राजभण्डारी, नयाँ विश्व डटकमका प्रधान सम्पादक निर्मलबहादुर श्रेष्ठलगायतले समाजका लागि महत्त्वपूर्ण भूमिका खेलेका निर्देशको अल्पायुमै निधन हुँदा समाजले ठूलो क्षति बेहोर्नुपरेको धारणा राखे ।

निर्देश राजभण्डारीले आफुले अध्ययन गरेको विद्यामन्दिर माविको बाल विकास सुधार गर्नको लागि आर्थिक अभियानको सुरुवात गरेका थिए । मानवसेवा आश्रम सहयोगीहरूकै सहयोगमा सञ्चालन हुदै आएको छ । बागलुड नगरपालिका–३ किनारा टोलमा रहेको आश्रममा अहिले ४० जना असहायले आश्रय लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung