२९ बैशाख २०८२, सोमबार

 

प्रजिअको नेतृत्वमा बजार अनुगमन, निषेधाज्ञा नटेर्ने २८ सवारी चालक कारबाहीमा

बागलुङ नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी भएसँगै प्रजिअसहितको टोलीले बुधबार  बजार अनुगमन गरेको छ । प्रजिअ सुरेश न्यौपानेको टोलीले बागलुङ नगरपालिका–१ रामरेखादेखि वडा नम्बर ४ कुडुँले बजारक्षेत्र अनुगमन गरेको हो ।

अनुगमनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरी, उपअनुसन्धान निर्देशक नरेन्द्रराज गिरी, नेपाली सेनाका सेनानी कृष्ण भण्डारी, सशस्त्रका प्रनाउ रमेश गुरुङ, अनुगमन समितिका सदस्यसचिव धीरेन्द्रराज पन्तलगायत सहभागी थिए ।

बुधबार र विहीबार गरी टोलीले बागलुङ बजारमा चलाइएका चारपांग्रे सवारी आठवटा र स्कुटर–मोटरसाइकल २० गरी २८ सवारीसाधनको चाबी र चालकको लाइसेन्स नियन्त्रणमा लिएको छ ।

टोलीले बजारमा खुलेका फलफूल, तरकारी, खाद्यान्नका समेत १० पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा देखिएको कमी–कमजोरी तत्काल सुधार गरी पसल सञ्चालन गर्न सचेत गराइएको टोलीका सदस्यसचिव पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung