५ जेष्ठ २०८१, शनिबार

 

अमेरिकाको फ्लोरिडामा ७५ करोड लामखुट्टे प्रकृतिमा छोडिने

 

उनीहरूले यसले वातावरणीय चक्रलाई असर गर्ने र झन् जोखिम बढाउने लामखुट्टे विकास हुनसक्ने बताएका छन्।तर यसका संलग्न कम्पनीले भने मानिस र वातावरणलाई नराम्रो असर नगर्ने दाबी गरेको छ।ती लामखुट्टेहरू सन् २०२१ मा फ्लोरिडाका केही टापुहरूमा छोडिने योजना छ।

गत मेमा अमेरिकी वातावरणीय निकायले ब्रिटिश-अमेरिकी अक्सिटेक कम्पनीलाई एक प्रजातिको भाले लामखुट्टेलाई वंशाणुगत संरचनामा परिवर्तन गरेर उत्पादन गर्न स्वीकृति दिएको थियो।

ब्रजिलमा जीका भाइरस नियन्त्रण गर्न यस्तै लामखुट्टे छोडिएको थियो
ब्रजिलमा जीका भाइरस नियन्त्रण गर्न यस्तै लामखुट्टे छोडिएको थियोस्वीकृत प्रजाति डेङ्गी, जीका र अन्य खतरनाक रोगहरू सार्ने एडीज प्रजाति हो।

पोथी लामखुट्टेले अण्डा पार्न आवश्यक रगतका लागि मानिसलाई टोक्छ। छोडिएका भाले लामखुट्टेले प्रकृतिमा रहेका पोथीसँगको समागमबाट थप लामखुट्टे जन्माउने अपेक्षा गरिएको छ।

तर ती भालेमा रहेको एक प्रकारको प्रोटीनका कारण जन्मिएका पोथीहरू मानिसलाई टोक्न सक्ने अवस्थामा पुग्नु अगाडि नै मर्नेछन्।मङ्गलवार फ्लोरिडाका अधिकारीहरूले दुई वर्षमा ७५ करोड लामखुट्टे छोड्न अन्तिम अनुमति दिएका हुन्।

बीबीसीनेपालीबाट

 

प्रतिक्रिया दिनुहोस्