१ जेष्ठ २०८२, बिहीबार

 

बागलुङमा पहिरोले घर पुरियो, एकको मृत्यु

बागलुङमा पहिरोले घर पुरिँदा १ युवतीको मृत्यु भएको छ । जिल्लाकोे ढोरपाटन नगरपालिकामा वडा नम्बर २ अर्नाकमा अविरल वर्षासँगै आएको पहिले घर पुरिदा १९ वर्षीया युवतीको मृत्यु भएको हो ।

पहिरोमा परी स्थानीय कली परियारकी १९ वर्षीया छोरी पुजा परियारको मृत्यु भएको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिनु भयो ।

घरमा सुतिरहेको अवस्थामा गए राती १२ बजे खसेको पहिरोले घर पुरिँदा उनको ज्यान गएको जनाईएको छ । मृतक युवतीकी आमा, बहिनी र दुई भाई अर्काे घरमा सुतेकोले उनीहरु भने सुरक्षित रहेका छन ।मृतकका बाबु प्रकास परियार वैदेशिक रोजगारीको सिलसिलामा कतार रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung