१ जेष्ठ २०८२, बिहीबार

 

काठमाडौं उपत्यकामा भदौ १७ सम्म थपियो निषेधाज्ञा, प्रजिअ भन्छन्– ‘अब थप कडाइ’

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिने भएको छ । काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधबारको संयुक्त बैठकले भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

‘एक साताका लागि अहिलेको भन्दा कडाइसाथ निषेधाज्ञाको समय बढाइएको छ,’ काठमाडौंका प्रजिअ जनकराज दाहालले भने, ‘अत्यावश्यक सेवा तथा वस्तुमा बाहेक पहिलेको भन्दा कडा तरिकाले निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय भएको छ ।’

यसअघि मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित स्थानीय तह, उद्योग–वाणिज्य महासंघका पदाधिकारी, स्वास्थ्यकर्मीलगायतको सर्वपक्षीय बैठक बसेको थियो । बैठकमा निषेधाज्ञालाई बढाउँदै जानुपर्ने सुझाव पेस गरिएको थियो ।

‘सबै पक्षबाट निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने राय आएपछि हामीले समय थप्यौं,’ दाहालले भने । निषेधाज्ञामा पहिलेजस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य सामग्रीका पसल बिहान ५ बजेदेखि सवा ९ बजेसम्म खोल्न दिइनेछ ।

सरकारी गाडी, एम्बुलेन्स, कार्डवाहक सवारीसाधनलाई रोकिनेछैन । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि प्रशासनले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung