५ जेष्ठ २०८१, शनिबार

 

ढोरपाटनमा बाढीपहिरो : १३ को मृत्यु, ३८ बेपत्ता, ३१ घर बगायो

ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ । बाढीमा परि बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । गएराति भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ७,८ र ९ का ३१ घर बगाएको छ ।

मृतकमध्ये चार जना पुरुष र एक बालिकासहित ८ जना महिला छन् । मृतकमध्ये ढोरपाटन नगरपालिका ९ की २६ वर्षीया केशमाया विक र वर्ष ४५ का करवहादुर विकको सनाखत भएको छ । सव क्षतविछेत अवस्थामा रहेकोले सनाखतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलविद्युत आयोजनाको ५ वटा शाखामध्ये ४ वटा भवन, एक जिप लगायत गाई वस्तु बगाएको छ ।

वेपत्ताको नेपाली सेना ,नेपाल प्रहरी र स्थानीयले खोजि गरिरहेका छन् । बाढीमा परी ढोरपाटन नगरपालिका ४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरिता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन घाइते भएका छन् । पहिरोले सबैभन्दा ब ढि वडा नम्वर ९ मा क्षती पुराएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

घटनास्थलमा प्रजिअ सहित ,प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरी लगाएतको टोलि घटनास्थल पुगेका छन् । बाढी प्रभावित क्षेत्र बागलुङ सदरमुकाम वाट १ सय ३० किलोमिटर पश्चिममा पर्दछ ।
बेपत्ताको नामावलीः

१) ढोरपाटन नगरपालिका ९ मा बस्ने वर्ष २०।२२ को जीवन बिक ।
२) ऐ.ऐ. बस्ने वर्ष २३।२४ को नारायण बिक ।
३) ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष २०।२१ कि टेकमाया बिक ।
४) निजहरुकै छोरी वर्ष १ की नाम नखुलेकी बालिका ।
५) ऐ.ऐ. बस्ने वर्ष १५।१६ कि मनिषा बिक ।
६) ऐ.ऐ. घट्टेचौर बस्ने वर्ष २८ कि शनि बिक ।
७) निजको छोरा वर्ष ९।१० को रोशन बिक ।
८) निजको छोरा वर्ष ४।५ को रवि बिक ।
९) नाम नखुलेको १५ दिनको वच्चा १ ।
१०) ऐ.ऐ. बस्ने वर्ष २५।२६ कि मन कुमारी बि.क. ।
११) ऐ.ऐ. बस्ने वर्ष २५।२६ कि केशमाया बिक ( लास फेला परेको ) ।
१२) ऐ.ऐ. बस्ने वर्ष २९।३० को प्रेम पुन ।
१३) ऐ.ऐ. बस्ने भुसुन्डे बस्ने वर्ष २०।३० कि कुमारी बिक ।
१४) ऐ.ऐ. बस्ने वर्ष १४।१५ को समुन्द्र बिक ।
१५) ऐ.ऐ. बस्ने वर्ष १०।१२ कि पुनम बिक ।
१६) ऐ.ऐ. बस्ने वर्ष ३०।३१ को जीत बहादुर घर्ती ।
१७) ऐ.ऐ. बस्ने वर्ष ४३।४४ को राजु घर्ती ।
१८) ऐ.ऐ. घट्टेबोट बस्ने वर्ष ३५।३६ कि करमती बुढा ।
१९) ऐ.ऐ. बस्ने वर्ष ३५।३६ कि रिना कुमारी घर्ती ।
२०) ऐ.ऐ. बस्ने वर्ष २०।२२ कि दिलमया पुन ।
२१) निजको छोरी वर्ष ३।४ कि प्रकृति पुन ।
२२) ऐ.ऐ. बस्ने वर्ष ६०।६१ कि डोटी पुन ।
२३) ऐ.ऐ. सानो कुगु बस्ने वर्ष ३५।३६ को हेम बहादुर बिक ।
२४) ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३४।३५ कि उजेली बिक ।
२५) ऐ.ऐ. बस्ने छोरा वर्ष ८।९ को दलु बिक ।
२६) ऐ.ऐ. बस्ने निजहरूकै बच्चा १० महिनाको नाम नखुलेको ।
२७) ऐ.ऐ. बस्ने वर्ष ४०।४१ को कर बहादुर बिक ।
२८) ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३७।३८ कि हस्तमाया बिक ।
२९) ऐ.ऐ. दुनेपधेरा बस्ने वर्ष ६०।६५ कि तुलमती घर्ती ।
३०) ऐ.ऐ. लाकुरी बोट बस्ने वर्ष ५५।५६ कि कौशिला पुन ।
३१) निजको छोरा वर्ष २०।२१ को विशाल पुन ।
३२) ऐ.ऐ. पावरहाउस बस्ने वर्ष २५।२६ कि धनमाया बिक ।
३३) निजको छोरा वर्ष २।३ को नाम नखूलेको बालक ।
३४) ऐ.ऐ. सुप्राङ बस्ने वर्ष नखुलेको बिरे बिक को श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार ।
३५) जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको वर्ष २४।२५ को नबिन भण्डारी ।
३६) जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र वर्ष नखुलेका अन्य ३ जना ।

तस्वीर : छविलाल पाण्डे

प्रतिक्रिया दिनुहोस्