लायन्स क्लब इन्टरनेश्नल ३२५ बी १ नेपाल अन्तर्गत बागलुङका सबै लायन्स क्लबहरुले ढोरपाटन बाढीपीडितहरुका लागि राहत उपलब्ध गराएको छ ।
उक्त राहत लायन्स क्लल्स इन्टरनेसनल डिष्ट्रिक ३२५ वि १ नेपालका चिफ कन्सुलर एम जे एफ लायन काजिमान गुरुङले ढोरपाटन नगरपालिका नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका हुन् ।
पीडित परिवारलाई एक थान ब्ल्याङ्केट, एक थान म्याट्रेस, एक थान त्रिपाल, एक बोरा चामल, एकरएक किलो नुन तेल, एक किलो गेडागुडी गरी पाँच हजार बराबरको खाद्यान्न उपलब्ध गराएको लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ वि १ नेपालका रिजन ६५ का रिजन चियर पर्सन एम जे एफ लायन पार्वतीअधिकारीले नयाँ विश्वलाई जानकारी दिइन ।
गत भदौ १७ गते भूँजीखोलामा बाढी आउँदा ८० घरपरिवारलाई घरबास गुमाउनु परेका थियो । सबै लायन्स क्लबहरुको तर्फबाट चार लाख बराबरको राहत सामग्री हस्तान्तरण गरिएको डिपार्टमेन्टल अफिसर तथा लायन्स क्लब अफ धांैलागिरि बागलुडको पूर्वअध्यक्ष बसन्तकुमार श्रेष्ठले बताए ।
उक्त राहत सामग्री लायन्स क्लब आफ ईन्टरनेश्नल ३२५ वी १ का चिफ काउन्सीलर लायन काजिमान गुरुङले नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका थिए ।
नगरप्रमुख नेपालीले सबैको सहयोगमा पीडित परिवारलाई राहत र पुनस्थापना गर्ने कार्यमा नगरपालिका लागि परेको बताए । बाढीपीडितको दुख र कष्टको बेला लायन्स क्लब सहयोगी हातको रुपमा आएको चिफ कन्सुलर एम जे एफ लायन काजिमान गुरुङले भने ।
कार्यक्रममा ढोरपाटन नगरप्रमुख देव कुमार नेपाली, डिष्ट्रिक सिनियर ए ओ जि पि एम जे एफ लायन दुर्गा बहादुर कुँवर, डिपार्टमेन्टल अफिसर बसन्तकुमार श्रेष्ठ, चिफ कन्सुलर एम जे एफ लायन काजिमान गुरुङले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत लायन्स क्लब अफ बागलुङका अध्यक्ष केशव सापकोटा र सञ्चालन जोन चियर पर्सन गोपाल पौडेलले गरेका थिए ।



















































































































































































































