१६ कार्तिक २०८३, आईतवार

 

बुबाको स्मृतिमा मानवसेवा आश्रमलाई गौतम परिवारको सहयोग

मानवीय सेवाको क्षेत्रमा काम गर्दै आइरहेको बागलुङ सदरमुकामको मानव सेवा आश्रममा रहेका ब्यक्तिहरूलाइ भोजन खुवाउने क्रम बढेर गएको छ ।

समाजमा मान्छे भएर जन्मिएपछि मानवीय सेवाको क्षेत्रमा थोरै भएपनि सेवा गर्ने उदेश्यले बागलुङ नगरपालिका वडा नम्बर ४ ओडारचौर निवासी स्वर्गीय रत्न्ताखर गौतम छोरा हिरा गौतमले ३ दिनको भोजन गराउनु भएको हो ।

साथै नेपालीहरुको महान चार्ड वडा दशै र तिहारको लागि पनि नगद २१ हजार सहयोग गरेका छन् । सो अवसरमा बोल्दै गौतमले मानव सेवा आश्रमको लागी आवश्यक परेको खण्डमा जुनसुकै वेला पनि सहयोग गर्ने प्रतिवद्धता रहेको वताए । ओडारचौर घर भै हाल अमेरीका रहेका गौतमले यस अघिपनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गदै आएका छन् ।

मानव सेवा आश्रममा सडकमा अलपत्र परेका घर परिवार बाट अपहेलित भएका ४५ जना महिला, अपांग, अशक्त ,बालबालिका लाई खाना खुवाउन पाउँदा खुशी लागेको स्थानीय ओमप्रकाश गौतमले बताए ।

३ वर्ष अघि स्थानीय समाजसेवी युवाहरूको सक्रियतामा स्थापना भएको आश्रमले समाजमा अपहेलित भएका बृद्व अशक्त अपांग सडकमा अलपत्र परेका बालबालिकाले राम्रो आश्रय पाएको हुदा यसलाई सबैको सहयोग समर्थन जरुरी रहेको सयपत्री एफएमका अध्यक्ष जगन्नाथ आचार्यले वताए ।

कार्यक्रममा मानव सेवा आश्रमका अभियन्ता सुमिरा लामाले आश्रम सहयोगीहरूको हातकै कारणले संचालन भइरहेको बताइन ।आश्रममा जन्म दिन तथा आफ्ना स्वर्गीय बाबा आमाको स्मृति विभिन्न संघसंस्थाको बार्षिक उत्सवमा आर्थिक भौतिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung