१६ कार्तिक २०८३, आईतवार

 

सिन्धुपाल्चोक पहिरो : ९ जनाको शव फेला, २२ जना बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकामा शनिबार राति खसेको पहिरोमा पुरिएका मध्ये ९ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार ६२ वर्षकी भक्तिमाया श्रेष्ठ, १० वर्षकी ट्याक्सी शेर्पा, वर्ष ६५ का धनलाल नेवार, वर्ष २४ का शुकलाल विक, वर्ष २३ की जुनु विक, वर्ष ८ का सन्देश विक, वर्ष ४२ की ज्ञानीमाया प्रधान, वर्ष ६० की सर्किनी नेवार र वर्ष ६० की हिरामाया नेवारको शव भेटिएको हो ।

अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी छ । सभामुख अग्नि सापकोटा पनि घटनास्थल पुगेका छन् । बाह्रबीसे–७ घुम्थाङमा गएको पहिरोले दुईवटा बस्तीका १७ घर बगाएको छ ।

पहिरोले बस्ती नै पुरेकाले ठूलो मानवीय क्षति हुन पुगेको प्रहरीले जनाएको छ । पहिरोमा दुवै बस्तीका गरी अझै २२ जना बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय बासिन्दा बेपत्ताको खोजीमा जुटेका छन् । घाइते अवस्थामा उद्धार गरिएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबीसे ल्याइएको छ ।

तस्बिर : श्रीधर न्याैपाने

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung