बैंकर्स बागलुङले गत भाद्र १७ गते ढोरपाटन नगरपालिकामा गएको बाढी पहिरोे पीडितका लागि एक लाख आर्थिक सहयोग गरेको छ ।
बागलुङ बजारमा रहेका २८ बैंकका शाखामा कार्यरत कर्मचारीहरुबाट संकलित १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरिएको हो ।
बागलुङ वजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाको दैविक प्रकोप राहात कोषको खातामा जम्मा गरि भौचर बैंकर्स बागलुङका अध्यक्ष दिपक शर्माले ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीलाई हस्तान्त्रण गरेका हुन सो कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले राहत पारदशी रुपमा पिडितको हातमै पु¥याउने प्रतिवद्धता जनाए ।
बाढीले अकल्पनीय क्षती पु¥याएको ढोरपाटन बासीलाई थोरै भएपनि सहयोग पुगोस भन्ने हेतुले रकम संकलन गरी हस्तान्तरण गरेको बैंकर्स बागलुङका अध्यक्ष दिपक शर्माले जानाकारी दिए ।
उक्त राहत हस्तान्त्रण कार्यक्रममा बैंकर्स बागलुङका अध्यक्ष दिपक शर्माको अध्यक्षता, उपाध्यक्ष उपेन्द गौतमको स्वागत तथा सचिव ओम प्रकाश पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।







































































































































































































