
जैमिनी नगरपालिकाका बाढीपहिरोपीडितलाई बैंकर्स बागलुङले प्रतिपरिवार ५ हजार रुपैयाँका दरले सहयोग गरेको छ । बागलुङ बजारमा रहेका २८ वटा बैंकका शाखामा कार्यरत कर्मचारीबाट रकम उठाएर पीडितलाई सहयोग गरिएको हो । बाढी प्रभावित ७ परिवारलाई ३५ हजार हस्तान्तरण गरिएको थियो ।
उक्त रकम एक कार्यक्रमबीच बैंकर्स बागलुङका अध्यक्ष दीपक शर्मा र जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले संयुक्त रूपमा हस्तान्तरण गरे ।
अकल्पनीय क्षति बेहोरेका जैमिनीबासीको पीडामा थोरै भए पनि राहत दिन सकियोस् भनेर रकम संकलन गरिएको बैंकर्स बागलुङका अध्यक्ष शर्माले बताए ।