१६ कार्तिक २०८३, आईतवार

 

गुडिरहेको बसमाथि पहिरो : एकको मृत्यु, १७ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा गुडिरहेको बसमाथि पहिरो खसेको छ । बसमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ १७ जना घाइते भएका छन् ।

बिहीबार राति विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबा मन्दिर नजिकै खसेको पहिरोमा ना५ख ७९४० नम्बरको बस पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन खाँडले जानकारी दिए ।

माटोको लेदोसहितको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुम पश्चिम आठबीसकोठ गाउँपालिकाका–२५ वर्षीय हरिषचन्द केसीको रातिनै उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ११ जना सामान्य घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपालिका निवासी २७ वर्षीया प्रतिभा खड्का, सोही स्थानका १० वर्षीय प्रज्ञान बस्नेत, १६ वर्षीया खुमा बुढाथोकी, सल्यानको सिमखर्क गाउँपालिका ७ निवासी ३५ वर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० वर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ वर्षीया शिवा पुन गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung