
अविरल वर्षासँगै खसेको पहिरोले पर्वतको कुस्मा नगरपालिका–१ स्थित सहस्रधारा–पाङ सडक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती भएको छ ।
सहस्रधाराबाट पाङ जाने कालोपत्रे सडकको एउटा घुम्ती पूरै भत्किएपछि सवारी आवागमन अवरुद्ध भएको छ ।
कोही आकस्मिक बिरामी भए बाटोकै कारण स्टे«चरमा बोेकेर स्वास्थ्यसंस्था पु¥याउनसमेत सकस भएको स्थानीयले जनाएका छन् । पहिरोले सहस्रधाराको बस्ती पनि उच्च जोखिममा परेको छ ।
करोडौं खर्चेर कालोपत्र गरिएको सडकको घुम्ती पूरै भत्किएकाले मर्मत गर्न ठूलो रकम आवश्यक पर्ने देखिएको छ । गत वर्ष पनि भत्किएको सडक मर्मत गरी सञ्चालनमा ल्याइए पनि यस वर्ष फेरि भत्किएको हो ।
सडक अवरुद्ध भएकाले बिरामी पर्दा एम्बुलेन्स आउने अवस्थासमेत नरहेको स्थानीय सीता रिजालले बताइन् । भिरालो जमिन भएकाले सडक मर्मत गर्न कठिनाइ भएको छ । साँघुरो भागमा काठको पुल हालेर दुईपांग्रे सवारी मुस्किलले वारपार गर्ने गरिएको छ ।
यात्रुले भीरमा ज्यानको बाजी थापेर मोटरसाइकल र स्कुटर वारपार गर्ने गरेका छन् । महिनौं सडक अवरुद्ध हुँदा गाउँमा विकास–निर्माणका परियोजना प्रभावित भएको भूकम्प पुनर्निर्माण प्रधिकरणका प्राविधिक रामचन्द्र केसीले बताए ।
उक्त सडकका धेरै खण्डमा पहिरो गएको छ । पहिरोकै कारण बस्तीको बीचमा जमिनसमेत फाटेको छ । दुई महिनादेखि पाङका स्थानीय सडक सुविधाबाट वञ्चित छन् ।