बजाज अटोले उत्पादन गरेको एड्भेन्चर मोटरसाइकल बागलुङमा ‘लन्च’ हुने भएको छ । विजयादशमीको अवसर पारेर १६० सीसीको मोटरसाइकल लन्च गर्न लागिएको हो ।
बजाज कम्पनीको बागलुुङ नगरपालिका वडा नं १ रामरेखास्थित डिलर शिवशक्ति अटोमोबाइलले असोज १५ गते उक्त बाइक सार्वजनिक गर्दै छ । नयाँ एड्भेन्चर बाइकको मूल्य ३ लाख १९ हजार ९ सय तोकिएको छ । बिहीबारबाट बुकिङ खुला गरिने शिवशक्ति अटोमोबाइलका प्रोप्राइटर शिव शाहले बताए ।
उनका अनुसार अत्याधुनिक सुविधा रहेको मोटरसाइकल युवावर्गलाई लक्षित गरिएको छ । शिवशक्ति अटोमोबाइलले उक्त मोटरसाइकलका लागि ५० प्रतिशत डाउन पेमेन्टमा शून्य ब्याजदरको किस्ताबन्दी सुविधासमेत रहेको जनाएको छ ।
यस्ता छन विशेषता
कम्पनीका अनुसार धेरै फिचर रहेको मोटरसाइकलले लामो यात्रा र कच्ची बाटोमा पनि राम्रो माइलेज दिनेछ । यसमा फुल एलईडी लाइट सेटअप, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एबीएसजस्ता फिचर छन् ।
दसैंतिहारका अवसरमा शिवशक्ति अटोमोबाइलले बजाज कम्पनीका सबै मोडेलका मोटरसाइकलमा विशेष छुट योजना सार्वजनिक गरेको छ ।सबै मोडेलको मोटरसाइकल खरिदमा १० हजार छुटको रोजेरै खुसी, खुसी खोज्ने होइन रोज्ने नाराका साथ विक्रीको योजना ल्याएको छ ।
शिवशक्ति अटोमोबाइलले २० प्रतिशत डाउन पेमेन्टमा पनि मोटरसाइकल खरिद गर्न सकिने योजना ल्याएकोले मोटरसाइकलको व्यापार बढेको र युवाहरुको आकर्षण बजाजको बाइकमा रहेको शिवशक्ति अटोमोबाइलका प्रोप्राइटर शिव शाहले नयाँ विश्वलाई बताए ।
















































































































































































