२३ बैशाख २०८१, आईतवार

 

प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ, तीन सल्लाहकार र स्वकीय सचिवकाे पाेजेटिभ

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाबको नमुना संकलन गरिएको थियो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई भने कोरोना संक्रमण पुष्टि भएको छ।

उनीहरुको पनि शुक्रबार स्वाब संकलन गरिएको थियो । शनिबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो।

प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्