जगदम्बा मोटर्स र दराज एपबीच मोटरसाइकल खरिदमा ग्राहकलाई सहुलियत दिने गरी सम्झौता भएको छ । सम्झौताले दराज एपबाट टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहक लाभान्वित हुनेछन् ।
दराज एपबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्ने २० जनाले ५ हजार ५ सय रुपैयाँबराबरको स्पेसल डिस्काउन्ट भौचर पाउनेछन् । यसका साथै बम्पर उपहारमा एक जनाले टीभीएस आरटीआर १६० फोर भी सिंगल डिस्क मोटरसाइकल जित्न सक्नेछन् । सम्झौताअनुसार यस्तो छुट असोज १९ देखि २८ असोजसम्म चल्ने ‘दराज दसैं धमाका’ योजना अवधिभर पाइनेछ ।
‘जगदम्बा मोटर्स सधैं ग्राहकलाई केही न केही नयाँ दिने प्रयासमा हुनेछ । दसैं नजिकिएको छ, कोभिड–१९ को असरलगायत विषम परिस्थितिसँग हामी जुधिरहेका छौं,’ जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दीपककुमार अग्रवालले भने, ‘यस्तो अवस्थामा पनि ग्राहकलाई केही थप सुविधा दिन हामीले दराजसँग मिलेर नयाँ स्किम ल्याएका हौं ।’
उक्त योजनाअन्तर्गत दिइएको मोटरसाइकलमा ९ हजार छुट र स्कुटरमा ७ हजार छुटको योजना ग्राहकले दराजमा पनि पाउनेछन् । साथै, कम्पनीले हरेक साता गर्दै आएको बम्पर ‘लकी ड्र’ मार्फत टीभीएस आरआर ३१० मोटरसाइकल जित्ने अवसर पनि प्राप्त गर्नेछन् । ‘लकी ड्र’मा सहभागिता जनाउन टीभीएको मोटरसाइकल तथा स्कुटर किनेकै हुनुपर्ने छैन ।
















































































































































































