५ जेष्ठ २०८१, शनिबार

 

सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्याे, बुधबार ३,४३९ जनामा कोरोना पुष्टि

गत २४ घण्टायता तीन हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफिङका क्रममा प्रा. डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएको  जानकारी दिए । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा १५ जनाकाे मृत्यु भएकाे छ ।

देशभर २५ हजार ७ संक्रिय संक्रमित छ । थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् ।

प्रतिक्रिया दिनुहोस्