१५ कार्तिक २०८३, शनिबार

 

अपांगतामैत्री हातेपुस्तक तथा मोबाइल एप तयार गर्ने

अतुल्य फाउन्डेसनले अपांगतामैत्री हातेपुस्तक तथा मोबाइल एप तयार गर्ने भएको छ । अपांगत भएका व्यक्तिहरुलाई सहजकर्तासँग सम्पर्क गर्ने सजिलो होस् भन्ने उद्देश्यले अपांगतामैत्री हातेपुस्त तथा मोबाइल एप तयार गर्न लागिएको हो ।

‘तयार नेपाल’ परियोजनाको सहकार्यमा अपांगता भएका व्यक्तिका लागि सार्वजनिक सुरक्षा विषयमा भएकाे भर्चुअल कार्यशालालाई सम्बोधन गर्दै फाउन्डेसनका अध्यक्ष पल्लव पन्तले अपांगता समावेशी विपद् जोखिम न्यूनिकरण मार्गदर्शनका साथै अपांगता समावेशी विपद् जोखिम न्यूनिकरणका लागि हातेपुस्तक र मोबाइल एप तयार गर्ने बताएका छन् ।

उनले भने, ‘गत वर्षको परियोजनाले अपांगता समावेशी विपद् जोखिम न्यूनिकरण मार्गदर्शनका साथै अपांगता समावेशी विपद् जोखिम न्यूनिकरण हातेपुस्तक र एप तयार गर्नेछ । जसले अपांगत भएका व्यक्तिहरु विशेषत त सुस्त श्रवण भएका व्यक्तिहरुलाई पहिलो सहजकर्तासँग सम्पर्क गर्ने सुविधा प्रदान गर्नेछ ।’

परियोजनाको अन्त्यसम्ममा अपांगता भएका व्यक्तिहरुमा अपांगता समावेशी विपद् जोखिम न्यूनिकरण विषयमा तालिम, अनुकरणीय अभ्यास, सन्दर्भ सामग्रीहरु र एप तयार गरेर सचेतनाको तह वृद्धि गराउने उनले बताए ।

विश्व स्वास्थ्य संगठनलाई अंकित गर्दै उनले विपद्को समयमा अपांगता भएका व्यक्तिहरु तीन गुणा बढी जोखिममा पर्ने भएकाले उनीहरुलाई सबै तहमा प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

नेसनल एमरजेन्सी अपरेसन सेन्टरका प्रमुख मुरारी वस्तीले सरकारले सम्बन्धित निकायहरुको सहकार्यमा शुरु गरेको विपद् जोखिम न्यूनिकरणका विभिन्न क्रियाकलापहरुका बारेमा जानकारी दिए । ‘हामीले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा एकीकृत तथा तलबाट माथि प्रयोग गर्न सकेमात्र सोचेको फल प्राप्त गर्न सकिनेछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung